अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तीन वटा टिप्पर एक्यापको नियन्त्रणमा
पाेखरा | जेठ १४, २०८१
पोखरा; अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

